सिमेन्ट उद्योगको ३१.३६ अर्बको कारोबार, नाफा २.२६ अर्ब मात्रै

काठमाडौं । पुँजी बजारमा सूचीकृत पाँच सिमेन्ट उद्योगले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब २६ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यी उद्योगहरूको नाफा १५.१० प्रतिशत अर्थात् २९ करोड ७८ लाख रुपैयाँले बढेको हो । 

शिवम् सिमेन्ट, घोराही सिमेन्ट इन्डस्ट्रिज, सोनापुर मिनरल्स एन्ड आयल, सर्वोत्तम सिमेन्ट र पाल्पा सिमेन्टले उक्त नाफा कमाएका हुन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यी उद्योगहरूले १ अर्ब ९७ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । यद्यपि, गत आर्थिक वर्षमा पाँचमध्ये घोराही सिमेन्ट भने घाटामा रहेको देखिएको छ ।

पाँचवटै सिमेन्ट उद्योगले गत आर्थिक वर्षमा ३१ अर्ब ३६ करोड २९ लाख रुपैयाँ बराबरको सिमेन्ट बिक्री गरेका छन् । अघिल्लो आर्थिक वर्षमा यी उद्योगहरूको कुल कारोबार २९ अर्ब ६ करोड ६१ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा उद्योगहरूको आम्दानी ७.९० प्रतिशत अर्थात् २ अर्ब २९ करोड ६८ लाख रुपैयाँले वृद्धि भएको छ ।

त्यस्तै, सिमेन्ट उद्योगहरूको उत्पादन लागत (कस्ट अफ सेल्स) पनि बढेको छ । गत आर्थिक वर्षमा पाँचवटै उद्योगको कस्ट अफ सेल्स ६.१० प्रतिशतले वृद्धि भएर २३ अर्ब ९८ करोड २० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो लागत २२ अर्ब ६० करोड ३० लाख रुपैयाँ रहेको थियो ।

null

सर्वोत्तम सिमेन्टले गत वर्ष १ अर्ब १० करोड ७४ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १ अर्ब २ करोड ८२ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ७.७० प्रतिशत बढेको हो ।

अघिल्लो वर्ष ९ अर्ब ५३ करोड ७३ लाख ३३ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष १० अर्ब २५ करोड ८५ लाख २७ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

गत वर्ष कम्पनीको कस्ट अफ सेल्स ७ अर्ब ९३ करोड ५१ लाख ३६ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको कस्ट अफ सेल्स ७ अर्ब ५२ करोड ७७ लाख ५२ हजार रुपैयाँ थियो । अघिल्लो वर्ष २ अर्ब ९५ लाख ८१ हजार रुपैयाँ रहेको कुल नाफा गत वर्ष बढेर २ अर्ब ३२ करोड ३३ लाख ९० हजार रुपैयाँ पुगेको छ । 

यस्तै, कम्पनीको अन्य आम्दानी गत वर्ष १७ करोड ६९ लाख ५० हजार रुपैयाँ छ । अघिल्लो वर्ष कम्पनीको अन्य आम्दानी १३ करोड ७६ लाख ७ हजार रुपैयाँ थियो । गत वर्ष कम्पनीले २५ करोड ७४ लाख ४२ हजार रुपैयाँ प्रशासनिक खर्च, ६५ करोड ६५ लाख ४७ हजार रुपैयाँ विक्री वितरण खर्च र १ अर्ब १५ करोड ६३ लाख ९५ हजार रुपैयाँ कुल खर्च गरेको छ । 

अघिल्लो वर्ष कम्पनीले २२ करोड ४२ लाख २७ हजार रुपैयाँ प्रशासनिक खर्च, ३३ करोड ९६ लाख ४५ हजार रुपैयाँ विक्री वितरण खर्च र ८६ करोड १ लाख ६६ हजार रुपैयाँ कुल खर्च गरेको थियो । 

५ अर्ब २२ करोड ४२ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी ४ अर्ब ८७ करोड ७७ लाख ६४ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २१.२० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९९.८२ रुपैयाँ रहेको छ ।

null
शिवम् सिमेन्टले गत वर्ष ७८ करोड ४४ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ७९ करोड ८१ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष कम्पनीको आम्दानी घटेका कारण नाफा पनि घटेको देखिन्छ ।

अघिल्लो वर्ष ७ अर्ब ७६ करोड ६५ लाख ७६ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष ६ अर्ब ९२ करोड २६ लाख ५७ हजार रुपैयाँ मात्रै सञ्चालन आम्दानी गरेको थियो ।

गत वर्ष कम्पनीको कस्ट अफ सेल्स ५ अर्ब ३२ करोड ५१ लाख ४६ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको कस्ट अफ सेल्स ६ अर्ब ३ करोड ९८ लाख ३२ हजार रुपैयाँ थियो । अघिल्लो वर्ष १ अर्ब ७२ करोड ६७ लाख ४४ हजार रुपैयाँ रहेको कुल नाफा गत वर्ष घटेर १ अर्ब ५९ करोड ७५ लाख ११ हजार रुपैयाँमा झरेको छ । 

यस्तै, कम्पनीको अन्य आम्दानी गत वर्ष १३ करोड ३२ लाख १३ हजार रुपैयाँ छ । अघिल्लो वर्ष कम्पनीको अन्य आम्दानी १३ करोड ७४ लाख ५६ हजार रुपैयाँ थियो ।

गत वर्ष कम्पनीले २६ करोड ६० लाख ८९ हजार रुपैयाँ प्रशासनिक खर्च, ५३ करोड ११ लाख १५ हजार रुपैयाँ विक्री वितरण खर्च र ८० करोड ८१ लाख रुपैयाँ कुल खर्च गरेको छ ।

अघिल्लो वर्ष कम्पनीले २६ करोड ७१ लाख ९ हजार रुपैयाँ प्रशासनिक खर्च, ६५ करोड ५३ लाख ५४ हजार रुपैयाँ विक्री वितरण खर्च र ९३ करोड १६ लाख ४० हजार रुपैयाँ कुल खर्च गरेको थियो । 

५ अर्ब ५९ करोड ३२ लाख २८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी ४ अर्ब ९६ करोड ४३ लाख ३७ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १४.०३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८८.७६ रुपैयाँ रहेको छ ।

null
घोराही सिमेन्ट इण्डष्ट्रिजले गत वर्ष ३० करोड ८० लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । अघिल्लो वर्ष कम्पनीले ५५ करोड ४३ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको खुद नोक्सानी घटेको हो । 

अघिल्लो वर्ष ४ अर्ब ७२ करोड ९९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष ५ अर्ब ५ करोड २५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । 

गत वर्ष कम्पनीको कस्ट अफ सेल्स ३ अर्ब ५९ करोड १ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको कस्ट अफ सेल्स ४ अर्ब ३ करोड ५२ लाख रुपैयाँ थियो । 

अघिल्लो वर्ष ७१ करोड ४४ लाख रुपैयाँ रहेको कुल नाफा गत वर्ष बढेर १ अर्ब १३ करोड ९७ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको अन्य आम्दानी ४७.७९ प्रतिशत घटेको छ भने प्रशासनिक खर्च २१.०७ प्रतिशत घटेको छ । 


५ अर्ब २ करोड ४४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित नाफा ६४ करोड ३७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ६.१३ रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ १६५.७२ रुपैयाँ रहेको छ ।

null
सोनापुर मिनिरल्स एण्ड आयलले गत वर्ष ३३ करोड ७१ लाख ४७ हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ४ करोड ७२ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

अघिल्लो वर्ष २ अर्ब ५९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष ४ अर्ब ४१ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

गत वर्ष कम्पनीको कस्ट अफ सेल्स ३ अर्ब १३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको कस्ट अफ सेल्स १ अर्ब ८९ करोड रुपैयाँ थियो । 

अघिल्लो वर्ष ७० करोड १३ लाख रुपैयाँ रहेको कुल नाफा गत वर्ष बढेर १ अर्ब २७ करोड ६७ लाख रुपैयाँ पुगेको छ । 

३ अर्ब ७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १०.९६रुपैयाँ र प्रतिसेयर नेटवर्थ २००.८१ रुपैयाँ रहेको छ ।

null
पाल्पा सिमेन्ट इण्डष्ट्रीजको खुद नाफा ५९ प्रतिशत घटेर ३ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

कम्पनीको सञ्चालन आम्दानी १५.९० प्रतिशत बढेर ४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ४ अर्ब ११ करोड रुपैयाँ मात्रै सञ्चालन आम्दानी गरेको थियो । 

गत वर्ष कम्पनीको कस्ट अफ सेल्स ३ अर्ब ९९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको कस्ट अफ सेल्स ३ अर्ब १० करोड रुपैयाँ थियो । 

अघिल्लो वर्ष १ अर्ब ८१ लाख रुपैयाँ रहेको कुल नाफा गत वर्ष घटेर ७७ करोठ ३४ लाख रुपैयाँमा सीमित भएको छ । 

३ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटीमा १ अर्ब ९ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १.२३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२९.१५ रुपैयाँ रहेको छ ।

Share News