अमेरिका जान झुटो बोली अन्तवार्ता दिए सधैंका लागि प्रवेशमा रोक

काठमाडौं । अमेरिकन दूतावासले भिसा अन्तवार्ताका क्रममा झुटो नबोल्न आग्रह गरेको छ ।  झुटो बोलेमा अमेरिकाको भिसा सधैंका लागि नलाग्ने दूतावासले चेतावनीसमेत दिएको छ ।

‘भिसाको अन्तवार्ताको क्रममा  सधैँ सत्य बोल्नुहोस्,’ दूतावासले भनेको छ, ‘झुटो बोलेमा तपाईंलाई भविष्यमा भिसा वा अमेरिका प्रवेशका लागि स्थायी रूपमा प्रतिबन्ध लाग्न सक्नेछ ।’

कन्सुलर अधिकारीहरूले विगतमा अध्यागमनसम्बन्धी नियम उल्लङ्घनबारे गरिएका गतिविधिका बारेमा जानकारी राख्ने पनि दूतावासले बताएको छ ।

त्यसैगरी, दूतावासबाहिर कसैले ‘दूतावासमा आफ्नो चिनजान छ’ भन्दै भिसा अन्तर्वार्ताको समय छिटो मिलाइदिने भने गरेको पाइएमा त्यो ठग हो भनेर बुझ्न पनि दूतावासले आग्रह गरेको छ ।

अन्तर्वार्ताको समय लिन वा परिवर्तन गर्न चाहेमा अमेरिकी दूतावासको आधिकारिक वेबसाइटमा जानुपर्ने पनि दूतावासले जनाएको छ ।

Share News