काठमाडौं । बैंकिङ कसुरमा फरार रहेकी एक महिला पक्राउ परेकी छन् । सोमबार दुबईबाट नेपाल आउने क्रममा निर्मला साउद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी हुन्।
बैंकिङ कसुर मुद्दाका फरार रहेकी कैलाली गौरीगंगा नगरपालिका १ का चौमाला हाल गोदावरी नगरपालिका ८ स्याउले बस्ने साउद पक्राउ परेकी हुन् ।
कतार एयरवेजको उडान नम्बर क्युआर ६५० बाट दुबईबाट नेपाल आउने क्रममा अध्यागमन कार्यालयको विद्युतीय प्रणालीमा पीए ११९०९४६ नम्बरको राहदानी ब्ल्याक लिस्टमा देखिएको थियो ।
कार्यालयले सक्कल राहदानीसहित मानिस जिम्मा लगाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय, मालाखेती कैलालीमा पठाइएको प्रहरीले जनाएको छ ।