काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले ७ जना इन्जिनियरलाई कारबाही गर्ने तयारी गरेको छ । मन्त्रालयले मंगलबार (आज) सूचना जारी गर्दै अध्ययन बिदा र असाधारण बिदाको अवधि समाप्त भएपश्चात पनि कार्यालयमा हाजिर नहुने इन्जिनियरहरूलाई कारबाही गर्ने तयारी गरेको हो ।
सोही तयारीस्वरूप मन्त्रालयले उनीहरूसँग स्पष्टीकरण माग गरेको छ । उनीहरूलाई निजामती सेवा ऐन-२०४९ को दफा ५९ को खण्ड (ख) को उपदफा (१) बमोजिम कारबाही गर्न पर्ने कुनै मनासिव कारण भए सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सफाइ पेस गर्न भनिएको छ ।
सफाइ पेस नगरे निजामती सेवा ऐन-२०४९ बमोजिम कारबाही हुने पनि सूचनामा उल्लेख छ ।
मन्त्रालयले इन्जिनियर पुजन न्यौपाने, सृष्टि भुसाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेश प्रसाद पौडेल र पदमेन्द्र प्रसाद श्रेष्ठसँग स्पष्टीकरण माग गरेको हो ।
