काठमाडौं । महिलाको चरित्रहत्या गरेको आरोपमा पक्राउ परेर छुटेकी वेदिका केसी साइबर ब्युरोमा उपस्थित हुने भएकी छन् ।
बिहीबार हाजिरी जमानीमा रिहा गर्दा केसीलाई सरकारी वकिल कार्यालयले शुक्रबार उपस्थित हुनुपर्ने कागज गराइएको थियो ।
ब्यूरोले १० दिन हिरासतमा राख्न अनुमति मागे पनि अदालतले एक दिन मात्रै म्याद दिएपछि उनी बिहीबारै रिहा भएकी हुन् ।
साइबर ब्यूरोका प्रवक्ता दिलीप गिरीका अनुसार अनुसन्धान जारी रहेकाले उनलाई आज उपस्थित हुन भनिएको हो। ‘ सरकारी कार्यालयमा उनलाई बयान लिइन्छ । उनलाई थप अनुसन्धान गरिन्छ,’ उनले भने ।
वेदिकाले सामाजिक सञ्जालमार्फत कथा वाचिका राधिका दासीको मानहानि तथा साइबर अपराध गरेको आरोप छ।
साइबर ब्यूरोका अनुसार उनले राधिका दासीको चरित्रहत्या गरेकी हुन् । उनीविरुद्ध दासीले केही दिनअघि ब्यूरोमा दासीले उजुरी दिएकी थिइन् ।
दासीको जाहेरी परेपछि अनुसन्धानका लागि केसीलाई प्रहरीले पक्राउ गरेको हो । धर्म, आस्था र परम्पराका गलत तथ्य वा विषयका सम्बन्धमा उनले बहस चलाउँदै आएकी थिइन् ।
प्राइम टेलिभिजनमा प्रसारित प्रकाश सुवेदी सोमा उनले दासीविरुद्ध बोलेकी थिइन । उनले दासीको भारतमा अघोषित श्रीमान रहेको दावी गरेकी थिइन् ।