काठमाडौं । काठमाडौं जिल्ला अदालतले वेदिका केसीलाई एक दिन मात्र हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमको इजलासले बिहीबार (आज) एक दिन हिरासतमा राख्ने अनुमति दिएको हो ।
उनी आजै पक्राउ परेकी हुन् ।
राधिका दासीको चरित्रहत्या गरेको आरोपमा वेदिका केसी पक्राउ परेकी हुन् । बिहीबार काठमाडौंबाट साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो ।
साइबर ब्यूरोका अनुसार उनले राधिका दासीको चरित्र हत्या गरेकी हुन् । उनीविरुद्ध दासीले केही दिनअघि ब्यूरोमा दासीले उजुरी दिएकी थिइन् ।
दासीको जाहेरी परेपछि अनुसन्धानका लागि केसीलाई प्रहरीले पक्राउ गरेको हो । धर्म, आस्था र परम्पराका गलत तथ्य वा विषयका सम्बन्धमा उनले बहस चलाउँदै आएकी थिइन् ।
प्राइम टेलिभिजनमा प्रसारित प्रकाश सुवेदी सोमा उनले दासीविरुद्ध बोलेकी थिइन । उनले दासीको भारतमा अघोषित श्रीमान रहेको दावी गरेकी थिइन् ।