काठमाडौं । नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको एक महिनामै जीडब्लुएमको प्रिमियम विद्युतीय एसयूभी ओरा–५ ले उत्साहजनक बजार प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ ।
अत्याधुनिक प्रविधि, उच्च सुरक्षा मापदण्ड, आकर्षक डिजाइन र प्रिमियम सुविधाका कारण ओरा–५ छोटो समयमै नेपाली ग्राहकको रोजाइमा पर्न सफल भएको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार सार्वजनिक भएयता ओरा–५ प्रति देशभर चासो बढेको छ । शोरुममा ग्राहकको आगमन, टेस्ट ड्राइभ, सोधपुछ तथा बुकिङमा उल्लेखनीय वृद्धि देखिएको कम्पनीले जनाएको छ ।
ओरा–५ को मुख्य विशेषता ‘ड्रागन आर्मर ब्याट्री’ रहेको कम्पनीको भनाइ छ । जीडब्लुएमकै ब्याट्री कम्पनी एसभोल्ट इनर्जीले विकास तथा उत्पादन गरेको उक्त ब्याट्रीमा सुरक्षा र कार्यसम्पादनलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ । थर्मल रनअवे जस्ता दुर्लभ अवस्थामा पनि तापलाई सुरक्षित रूपमा बाहिर प्रवाह गर्ने संरचना तथा पाँच तहको सुरक्षा प्रणाली रहेको दाबी गरिएको छ ।
‘डिजाइन्ड विथ इन्टेलिजेन्स, सेप्ड बाइ एलिगेन्स’ अवधारणामा विकास गरिएको ओरा–५ ले २०२५ लन्डन डिजाइन अवार्ड्स अन्तर्गत ‘डिजाइन अफ द इयर’ (अटोमोबाइल/भेहिकल्स) सम्मान प्राप्त गरेको कम्पनीले जनाएको छ । गाडीमा ५२० किलोमिटर ड्राइभिङ रेन्ज, २०० एमएम ग्राउन्ड क्लियरेन्स, कफी ओएस–३ स्मार्ट ककपिट, कफी पाइलट इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम, २० भन्दा बढी एडास फिचर, ३६० डिग्री क्यामेरा, सेल्फ–हिलिङ पेन्ट, प्यानोरामिक मुनरुफ, सातवटा एयरब्याग तथा फाइभ–स्टार युरो एनक्याप र एएनक्याप सुरक्षा रेटिङ जस्ता सुविधा रहेको कम्पनीको दाबी छ ।
नेपालमा ओरा–५ को मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । नेपालका लागि जीडब्लुएमको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले ओरा–५ प्रति देखिएको उत्साहजनक प्रतिक्रियाले नेपाली ग्राहक विश्वस्तरमा प्रमाणित विद्युतीय सवारीप्रति आकर्षित भइरहेको पुष्टि गरेको जनाएको छ । कम्पनीले निकट भविष्यमै हाभल जोलियन म्याक्स ईभी र अल–न्यु हाभल एच–७ पनि नेपाली बजारमा ल्याउने तयारी गरेको जनाएको छ ।