काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनिष पाण्डे नियुक्त भएका छन् ।
कम्पनीको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
कम्पनी सचिव नारायणप्रसाद आचार्यका अनुसार हाल कम्पनीमा प्रबन्ध सञ्चालक नरहेकाले कम्पनीको नियमावलीको नियम ३६ बमोजिम पाण्डेलाई सीईओमा नियुक्त गरिएको हो ।
यससँगै पाण्डेले युनाइटेड मोदी हाइड्रोपावरको प्रमुख कार्यकारी अधिकृतका रूपमा कम्पनीको दैनिक प्रशासन तथा व्यवस्थापकीय नेतृत्व सम्हाल्नेछन् । कम्पनीले उक्त निर्णयबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई समेत जानकारी गराएको छ ।