काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा एक हजार दुई सय रुपैयाँले घटेको छ भने र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य प्रतितोला चार हजार ३६० रुपैयाँ कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य प्रतितोला चार हजार तीन सय ७५ रुपैयाँ प्रतितोला कायम भएको थियो ।