काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती अस्पतालमा (सिभिल)का ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले औषधि खरिद तथा मौज्दात व्यवस्थापनमा अनियमितता भएको ठहरसहित मुद्दा दायर गरेको हो ।
आयोगले जनही २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बिगो कायम गर्दै कर्मचारीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
अस्पतालको फार्मेसी शाखाका कर्मचारीहरूले औषधि आपूर्तिकर्तासँगको मिलेमतोमा अस्पतालमा औषधि आपूर्ति नै नगरी बिलभरपाइ मिलाएर भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।
अख्तियारका अनुसार कर्मचारीहरूले सफ्टवेयरमा औषधिको इन्ट्री गरे पनि वास्तवमा औषधि भित्र्याएका थिएनन्।
अस्पतालको स्टोर र भर्याङमुनि करोडौं मूल्यका औषधि म्याद गुज्रिएर फालेको अवस्थामा भेटिएको, तर कम्प्युटरमा भने ती औषधिहरू स्टक देखाइएको पाइएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनले पनि अस्पतालको फार्मेसीमा खरिद, बिक्री र बाँकी परिमाणको सन्तुलन परीक्षण तयार नपारिएको र लेखापरीक्षणका क्रममा कैफियत औंल्याएको थियो ।
यस्तै, म्याद सकिन लागेका औषधि आपूर्तिकर्तालाई फिर्ता गरी सोधभर्ना लिनुपर्नेमा कर्मचारीहरूले उल्टै आपूर्तिकर्ताको धरौटी रकम फिर्ता गरिदिएर सार्वजनिक सम्पत्तिमा हानि(नोक्सानी पुर्याएको आयोगको भनाइ छ।
उनीहरूले अस्पतालका कार्यकारी निर्देशकले म्याद गुज्रिएका औषधि फिर्ता गर्न दिएको जिम्मेवारी पूरा नगरी उल्टै नक्कली प्रतिवेदन तयार पारेर सरकारी सम्पत्तिको हिनामिना गरेका हुन् ।
यी हुन् कर्मचारी :
१. दीपा ढुङ्गाना: फार्मेसी युनिट इन्चार्जरफार्मेसी अधिकृत
२. लवेन्द्र कुँवर: फार्मेसी सहायक
३. दिनेश पन्त: वरिष्ठ फार्मेसी सहायक
४. दीपक सापकोटा: फार्मेसी सहायक
५. विनोद पोखरेल: स्टोर किपररवरिष्ठ फार्मेसी सहायक
६. शर्मिला श्रेष्ठ: स्टोर किपररवरिष्ठ फार्मेसी सहायक
७. केशव राज न्यौपाने: स्टोर किपररफार्मेसी सहायक
८. सन्दीप तिवारी: स्टोर किपररफार्मेसी सहायक