राहदानी विभागको दुई दिन सेवा बन्द, राहदानी वितरण भने जारी रहने

काठमाडौं । राहदानी विभागले दुई दिनको सेवा अवरुद्धमा पनि राहदानी वितरणलाई निरन्तरता दिने भएको छ । 
पुरानो प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेकाले दुई दिन सेवा अवरुद्ध हुने भएकाले राहदानी वितरणलाई भने निरन्तरता दिने विभागले जनाएको छ ।  

विभागका अनुसार विभागमा तयार भएका सेवाग्राहीका राहदानीहरू वितरण हुनेछ । आफ्नो मोबाइलमा राहदानी संकलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीहरूले विभागमा सम्पर्क गरेर राहदानी संकलन गर्न विभागले अनुरोध गरेको छ । 

विभागले असार २९ अर्थात १३ जुलाई २०२६ मा हालको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको छ । विभागबाट प्रदान गरिने राहदानी सेवा २५ र २६ गते दुई दिन बन्द हुनेछ । 

दुई दिन राहदानी सम्बन्धी अन्य सेवाहरू बन्द भएता पनि विभागमा तयार रहेका राहदानीहरू वितरण हुने विभागले उल्लेख गरेको छ ।

Share News