बोश होम नेपालको ब्रान्ड एम्बेसडरमा अस्मी श्रेष्ठ नियुक्त

काठमाडौं । बोश होम एप्लायन्सेसले नेपालका लागि मोडल तथा उद्यमी अस्मी श्रेष्ठलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

कम्पनीका अनुसार अस्मीसँगको सहकार्यले बोश होम एप्लायन्सेसको प्रिमियम गुणस्तर, अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र भरपर्दो कार्यसम्पादनप्रतिको प्रतिबद्धतालाई अझ प्रभावकारी रूपमा उपभोक्तामाझ पुर्याउने विश्वास गरिएको  छ ।

अस्मी श्रेष्ठ मिस नेपाल वर्ल्ड २०१६ की विजेता हुन् । उनले सोही वर्ष मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । मोडलिङसँगै उनी अस्मी श्रेष्ठ इन्टेरियर्सकी संस्थापक पनि हुन् । फेसन, जीवनशैली र ब्रान्ड एन्डोर्समेन्ट क्षेत्रमा उनको प्रभावशाली उपस्थितिका कारण उनी नेपालकी चर्चित सार्वजनिक व्यक्तित्वमध्ये एक मानिन्छिन् ।

कम्पनीले अस्मीको व्यक्तित्व आधुनिक नेपाली घरपरिवारको शैली र कार्यक्षमतालाई प्रतिनिधित्व गर्ने भएकाले उनीसँगको सहकार्यले ब्रान्डलाई प्रिमियम, भरपर्दो र आकर्षक घरेलु उपकरण खोज्ने उपभोक्तासँग अझ नजिक पुर्याउने अपेक्षा गरेको छ ।

कम्पनीले जर्मन इन्जिनियरिङ, नवीन प्रविधि र दीर्घकालीन गुणस्तरमा आधारित उत्पादन उपलब्ध गराउँदै आएको छ । नेपालमा बोशले फ्रन्ट–लोड वासिङ मेसिन, रेफ्रिजरेटर, डिशवासर तथा बिल्ट–इन किचन एप्लायन्सेसमा विशेष ध्यान केन्द्रित गरेको जनाएको छ।

नेपालमा बोश होम एप्लायन्सेसको आधिकारिक वितरक लक्ष्मी इलेक्ट्रोटेक (एलईटी) रहेको छ ।

Share News