रास्वपाको महाधिवेशनमा एक तिहाई प्रतिनिधिले गरेनन् मतदान

मतदाताको उत्साह अपेक्षाभन्दा कम

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य निर्वाचनमा अपेक्षाकृत कम सहभागिता देखिएको छ । 

महाधिवेशनका लागि तोकिएका ४ हजार ३११ प्रतिनिधिमध्ये २ हजार ९५९ जनाले मात्र मतदानमा सहभागिता जनाएका छन् । 

यस आधारमा करिब १ हजार ३५२ प्रतिनिधि अर्थात् ३१.३६ प्रतिशत प्रतिनिधिले मतदान प्रक्रियामा भाग लिएनन्। 

रास्वपाले पहिलोपटक ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत निर्वाचन गराएको थियो । 

पार्टीले देश तथा विदेशमा रहेका प्रतिनिधिलाई समेत मतदानको सुविधा दिएको भए पनि कुल प्रतिनिधिको झण्डै एक तिहाइ हिस्सा मतदानबाट बाहिर रहनुले प्रतिनिधिहरूको सक्रियता, व्यवस्थापन तथा आन्तरिक समन्वयबारे प्रश्न उठाएको छ । 

महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य चयन गर्न मतदान गरिएको हो । निर्वाचनमा ४ सयभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए ।

Share News