पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

बिहीबार न्यायाधीश श्रीकान्त पौडेलको एक इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

पौडेलका तर्फबाट पत्नी दोमायाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानमा पक्राउ परेका पौडेललाई ७ दिन न्यायिक हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ । 

उनी अहिले अहिले ललितपुरको सानेपास्थित प्रहरीको हिरासतमा छन् । केही दिनअघि मात्र उनलाई सुर्खेतमा पक्राउ गरी काठमाडौं ल्याइएको छ ।

Share News