एन्फालाई फिफाले गर्याे निलम्बन

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरेको छ ।

फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ बमोजिम एन्फामाथि निलम्बनको निर्णय गरेको हो ।

निलम्बनसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सदस्यका सबै अधिकार गुमाएको छ । यससँगै एन्फाका प्रतिनिधि टोली तथा नेपाली क्लब टोलीहरूले निलम्बन कायम रहुञ्जेल कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने फिफाले जनाएको छ ।

Share News