रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक पुनः स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक पुनः स्थगित गरिएको छ । संघीय संसद् सचिवालयले सूचना जारी गर्दै बिहीबार (भोलि) बिहान ११ बजेका लागि तय गरिएको बैठक स्थगित भएको जनाएको हो ।

संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनाअनुसार अब प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।

यसअघि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई ध्यानमा राख्दै प्रतिनिधिसभा बैठक ६ दिनपछि सारिएको थियो । 

तर चितवनमा जारी महाधिवेशन निर्धारित कार्यतालिकाभन्दा लम्बिएपछि बैठक पुनः स्थगित गरी असार १२ गतेका लागि तोकिएको हो ।

हाल प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का अधिकांश सदस्य तथा रास्वपाका सांसदहरू महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका छन् । महाधिवेशनको कार्यक्रम अझै जारी रहेकाले संसद् बैठक सञ्चालनमा प्रभाव परेको बताइएको छ ।

लगातार बैठक स्थगित हुँदा संसद्को नियमित कार्यसूची प्रभावित भएको छ भने महाधिवेशन सकिएपछि मात्र प्रतिनिधिसभाको नियमित बैठक सञ्चालन हुने अपेक्षा गरिएको छ ।

Share News