काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको सदस्य पदका लागि प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको सचिवालयमा कार्यरत तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल तथा स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
अशिम शाहले खुला समावेशीतर्फबाट उम्मेदवारी दिएका छन् भने सुदीप ढकालले खुलातर्फको केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा गर्दैछन् । त्यसैगरी, प्रकृति ढकालले खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।