काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह‘आई’ अन्तर्गतको खेलमा फ्रान्सले इराकलाई पराजित गर्दै अकआउट चरणमा स्थान बनाएको छ । खेलमा फ्रान्सले ३-० को जित निकालेको हो ।
आँधीका कारण खेल पहिलो हाफपछि २ घण्टा स्थगन गर्नुपरेको थियो ।
खेलमा फ्रान्सका लागि केलियन एम्बाप्पेले २ गोल गरे । यससँगै उनी विश्वकपमा सर्वाधिक गोलकर्ताको दोस्रो नम्बरमा पुगेका छन् । उनले १६ गोल गरिसकेका छन् ।
खेलको १४ औं मिनेटमा गोल गर्दै उनले फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५४ औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।
खेलको ६६ औं मिनेटमा ओसामाने डेम्बेलेले गोल गर्दै फ्रान्सलाई ३० को जित सुनिश्चत गरे ।
खेलमा इराकले दुई राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न सकेन ।
फ्रान्स समूह ‘आई’मा दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ भने इराक अंकविहीन रहँदै पुछारमा रहेको छ।