बैंकिङ कसुरमा फरार श्रेष्ठ पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका माधव श्रेष्ठ पक्राउ परेका छन् । उनीविरुद्ध उच्च अदालत पाटनबाट २०७९ माघ २९ गतेको फैसलाले बिगो ३० लाख रुपैयाँ दुई वर्ष कैद राख्नका लागि आदेश भएको थियो । उनी पैसा नतिरेर फरार रहेका थिए ।

उनलाई काठमाडौं जिल्ला अदालतले २०८१ भदौ १६ गते पक्राउ आदेश जारी गरेको थियो । काठमाडौं टोखा नगरपालिका- ९ की ५६ वर्षीया मीना थापाले बैंकिङ कसुरमा मुद्दा दायर गरेकी थिइन् ।

सोमबार काठमाडौं जिल्ला अदालत बबरमहलमा फैसला कार्यान्वयनका लागि उपस्थित गराइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काले जानकारी दिए ।

Share News