गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ, निजगढ विमानस्थल बन्छ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज पौडेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने बताएका छन् । ट्राङ्क्विलिटी स्पाले शुक्रबार रुपन्देहीको भैरहवामा आयोजित गरेको एक कार्यक्रममा उनले यसको लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए । 

राजनीतिक तथा कूटनीतिक कारणले विमानस्थल नचलेको भन्ने कुरामा सत्यता नरहेको उनको भनाइ छ । मन्त्री पौडेलले नीतिगत त्रुटी मूलभूत कारण भएको उल्लेख गर्दै यसलाई सच्याउने कार्य भइरहेको उनले बताए ।

पौडेलले भन्नुभयो, ‘घरमै बसेर श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको छ ।  यसका लागि काठमाडौँ जान पर्दैन ।’

मन्त्री पौडेलले जहाजमा केवल नेपाली श्रमिकलाई विदेश लैजाने र घर ल्याउनेभन्दा पनि पर्यटक (यात्रु) ल्याउन प्रवर्द्धनका कार्यक्रम गर्न आवश्यक रहेको बताए । भविष्यमा निजगढ विमानस्थल पनि बन्नुपर्ने उनको भनाइ छ ।

Share News