काठमाडौं । ललितपुर महानगरपालिकाको विकासलक्षित पुँजीगत खर्चको रफ्तार निकै सुस्त देखिएको छ ।
चालू आर्थिक वर्षको जेठ मसान्तसम्म आइपुग्दा महानगरले आफ्नो कुल पूँजीगत बजेटको जम्मा ४० प्रतिशत मात्र खर्च गर्न सकेको छ ।
महानगरपालिकाले आफ्नो ९ औं नगरसभामा आगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा चालु वर्षको यो वित्तीय प्रगति विवरण बाहिर ल्याएको हो ।
सार्वजनिक विवरण अनुसार जेठ मसान्तसम्ममा महानगरको चालू र पुँजीगत गरी कुल खर्च ५० प्रतिशत मात्र रहेको छ भने आन्तरिक आयतर्फको राजस्व संकलन ६५ प्रतिशत पुगेको छ ।