काठमाडौं । एभरेस्ट फेसन डल कारखानाभित्र पसेको चरी बाघको बच्चालाई प्रहरीले उद्धार गरेको छ।
ललितपुरको गोदावरी नगरपालिका–३ टौखेलस्थित एभरेस्ट फेसन डल कारखानाभित्र पसेको चरी बाघको बच्चालाई प्रहरीले उद्धार गरेको हो ।
मंगलबार दिउँसो बिरालो प्रजातिको उक्त चरी बाघको बच्चा कारखाना परिसरमा देखिएपछि तत्कालै प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले सुरक्षित रूपमा चरी बाघको बच्चाको उद्धार गरी आवश्यक समन्वयपछि जिल्ला वन कार्यालयमार्फत वन रक्षक टोलीको जिम्मा लगाएको ललितपुर प्रहरी परिसरले जनाएको छ ।