भट्टको घरमा फेला परेको अमेरिकी डलर र थाई भाट राष्ट्र बैंकलाई बुझाइयो

काठमाडौं । दीपक भट्टको घरमा फेला परेको अमेरिकी डलर र थाइ भाट राष्ट्र बैंकमा बुझाइएको छ ।

विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा र विदेशी विनिमय (नियमित गर्ने)  ऐन, २०१९ को दफा १७ को उपदफा (१)  १२ बमोजिमको कसुरमा तत्कालका लागि दोषी देखिएपछि घरमा फेला बरामद गरिएको विदेशी मुद्रा अमेरिकी डलर र थाई भाट नेपाल राष्ट्र बैंकमा पठाइदिन आदेश दिएको हो ।

बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले भट्टको नाममा रहेका दशी स्वरूप पेश भएका मोबाइल समेतका सामानहरू अदालतको जिन्सीमा आम्दानी बाँध्न आदेश दिएका हुन् ।

आरोपपत्रसाथ पेश गरिएको गाडी नम्बर ०१ ०३३ च १ को गाडी प्रचलित कानुन बमोजिम व्यवस्थापनको लागि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाउन आदेशमा उल्लेख गरिएको छ ।

अदालतको आदेशपछि बुधबारै सुलभ अग्रवाल र दीपक भट्टलाई डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

Share News