इराकविरुद्ध नर्वेको जित, डेब्यू खेलमै हालान्डले गरे २ गोल

काठमाडौं । विश्वकपअन्तर्गतको समूह ‘आई’ को खेलमा इराकविरूद्ध नर्वेले शानदार जित हासिल गरेको छ । 

इराकमाथि ४ नर्वेले ४-१ को जित हासिल गरेको हो । 

बोस्टोन स्टेडियममा भएको खेलमा नर्वेका लागि अर्लिङ हालाण्डले दुई गोल गरे । उनले खेलको २९ औं मिनेटमा गोल गर्दै हालाण्डले सुरुवाती अग्रता दिलाएका थिए ।

null

३९ औं मिनेटमा इराकका अयाम हुसैनले नर्वेविरुद्ध गोल गर्दै खेल बराबरीमा ल्याए ।

४३ औं मिनेटमा पुनः हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २१ को अवस्थामा पुर्याए ।

उनले विश्वकपको डेब्यू खेलमा दुई गोल गरेका हुन् । 

दोस्रो हाफको ७१ औं मिनेटमा नर्वेका मार्टिन आर्डेगर्डले गोल गरे ।  ७६औं मिनेटमा लियो स्किरी ओस्टिगार्डले मार्टिन ओडेगार्डको पासमा गोल गर्दै नर्वेको अग्रता ३-१ मा पुर्याए । इन्जुरी समयको छैटौं मिनेटमा इराकका हुसेनले आत्मघाती गोल गरेपछि नर्वेको जित ४–१ मा सुनिश्चित भयो ।  

जितसँगै नर्वेले तालिकामा ३ अंक जोडेको छ । 

Share News