काठमाडौं । नेपालका लागि टिभिएस दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘२ वर्ष ट्याक्स फ्री टिभिएसमा खुशी नै खुशी’ योजना सार्वजनिक गरेको छ ।
ग्राहकलाई सहज र किफायती सवारी स्वामित्व अनुभव प्रदान गर्ने उद्देश्यसहित ल्याइएको यस योजनाअन्तर्गत टिभिएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा २ वर्षसम्मको सवारी कर सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
योजनासँगै ग्राहकले न्यूनतम प्रक्रिया मार्फत फाइनान्स सुविधा, २ हजार ८९९ रूपैयाँबाट सुरु हुने ईएमआई, पुरानो सवारी साटेर नयाँ टिभिएस खरिद गर्ने एक्सचेन्ज सुविधा समेत प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार यस अफरले सवारी खरिद प्रक्रिया अझ सहज, किफायती र आकर्षक बनाउने विश्वास लिइएको छ ।
ग्राहकलाई नजिकको आधिकारिक टिभिएस शोरुममा गई योजनाबारे विस्तृत जानकारी लिन आग्रह गरिएको छ ।
नेपालमा टिभिएस मोटर कम्पनीको एकमात्र वितरकका रूपमा रहेको जगदम्बा मोटर्सले देशभर सञ्जाल विस्तार गर्दै अटोमोबाइल क्षेत्रमा योगदान दिँदै आएको जनाएको छ ।