काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूरको संस्था नेपाल (इप्पान)का पूर्वअध्यक्ष कृष्णप्रसाद आचार्यले विद्युत व्यापार र वितरणमा पनि निजी क्षेत्रलाई खुला गरिदिनु पर्ने बताएका छन् ।
इप्पानको २६ औं साधारण सभा तथा ८ औं अधिवेशनमा स्वागत मन्तव्य दिँदै आचार्यले यस्तो बताएका हुन् ।
‘सरकारले जसरी निजी क्षेत्रलाई उत्पादनमा खुला गर्यो,’ उनले भने, ‘विद्युत व्यापार र वितरणमा पनि खोलिदिनु पर्यो । उत्पादनमा जस्तै व्यापार र वितरणमा पनि निजी क्षेत्र तयार छ ।’
एकद्वार प्रणाली तत्काल लागू गर्नु पनि उनले सुझाए । ऊर्जा क्षेत्रको बाधक वन भएको भन्दै त्यसमा पनि सहज गर्न उनले आग्रह गरेका छन् ।
आरसीओडी थप गर्दा कसलाई के घाटा हुन्छ ? भन्ने प्रश्न गर्दै आचार्यले सरकारकै कारण ढिला भएका आयोजनाको आरसीओडी एकमुष्ट रूपमा थप हुनुपर्ने बताए ।