जेसीबी नेपालको पहल : ग्राहक सम्मान र सम्बन्ध विस्तारमा जोड

काठमाडौं । एमएडब्लू अर्थमुभर्स प्रालि अन्तर्गत रहेको जेसीबी नेपालले इटहरीमा ‘जेसीबी ग्राहक सम्मान कार्यक्रम’ सफलतापूर्वक आयोजना गरेको छ । कार्यक्रममा विशिष्ट ग्राहक, विभिन्न संघ–संस्थाका प्रतिनिधि, उद्योग क्षेत्रका सरोकारवाला तथा जेसीबी नेपालका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कोशी क्षेत्रका ग्राहकहरूको निरन्तर विश्वास, सहयोग र साझेदारीप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । साथै, ग्राहकहरूसँगको सम्बन्ध थप सुदृढ बनाउने, उनीहरूको योगदानको सम्मान गर्ने र भरपर्दो मेसिन, बलियो आफ्टर सेल्स सेवा तथा दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता पुनः पुष्टि गर्ने मञ्चका रूपमा कार्यक्रम सफल भएको बताइएको छ ।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा जेसीबी उपकरण, पार्ट्स, सर्भिस तथा वार्षिक मर्मत सम्झौता सेवामा लामो समयदेखि विश्वास गर्दै आएका ग्राहकहरूको औपचारिक सम्मान गरिएको थियो । उनीहरूलाई सम्मानपत्र प्रदान गर्दै निरन्तर सहकार्यप्रति आभार व्यक्त गरिएको थियो ।

यसैगरी, निर्माण, भारी उपकरण, औद्योगिक तथा व्यापारिक क्षेत्रमा योगदान पुर्याउँदै आएका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूलाई पनि मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल हेभी इक्विपमेन्ट एसोसिएसन, निर्माण संघ, क्रसर संघ, इट्टा उद्योग संघ तथा स्थानीय वाणिज्य संघका प्रतिनिधिहरू सम्मानित भएका थिए ।

कार्यक्रममा चाबी हस्तान्तरण समारोह पनि आयोजना गरिएको थियो, जहाँ नयाँ जेसीबी मेसिन खरिद गर्ने ग्राहकहरूलाई औपचारिक रूपमा चाबी हस्तान्तरण गरिएको थियो । यसले जेसीबीको कार्यक्षमता, टिकाउपन र सेवा सञ्जालप्रति ग्राहकहरूको बढ्दो विश्वास झल्काएको कम्पनीको भनाइ छ ।

कार्यक्रमकै क्रममा नेपाल हेभी इक्विपमेन्ट एसोसिएसनका अध्यक्ष उमाकान्त शर्माले जेसीबी थ्रीडीएक्स सुपर ब्याकहो लोडरको सरप्राइज बुकिङ गरेका थिए । यसले जेसीबी प्रविधि, कार्यक्षमता र विश्वसनीयताप्रति उद्योग क्षेत्रको भरोसा झनै मजबुत भएको संकेत दिएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै जेसीबी नेपालका प्रमुख कार्यकारी अधिकृत तेज प्रसाद सुबेदीले ग्राहक तथा साझेदारहरूप्रति आभार व्यक्त गरे । उनले ग्राहकहरू कम्पनीका आधारस्तम्भ भएको उल्लेख गर्दै विश्वस्तरीय उपकरण, गुणस्तरीय सेवा र विश्वासमा आधारित सम्बन्धमार्फत नेपालको विकासमा योगदान दिन प्रतिबद्ध रहेको बताए ।

कार्यक्रम समापन मन्तव्य, अन्तरक्रियात्मक सत्र तथा सामूहिक भोजनसहित सम्पन्न भएको थियो, जसले ग्राहक, संघका प्रतिनिधि र जेसीबी नेपालबीचको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको आयोजकले जनाएको छ ।

इटहरीमा सम्पन्न उक्त कार्यक्रममार्फत जेसीबी नेपालले विश्वास, कार्यक्षमता र साझेदारीका आधारमा ‘सँगै नेपाल निर्माण’ गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ ।  

Share News