सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेको हो ।

यससँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ३५५ रुपैयाँले घट्दै ५ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदी प्रतितोला ५ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।  

Share News