काठमाडौं । टिकटक लगायतका सामाजिक सञ्जालको प्रयोग गरेर महिलालाई ब्ल्याकमेल गर्ने र आर्थिक पैसा लिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलान्चोक जिल्ला, रोशी गाउँपालिका वडा नं. ११ स्थायी ठेगाना भएका २३ वर्षीय समिर तामाङ रहेका छन् । डर-त्रास देखाई उनले पीडितबाट अनुचित रूपमा आर्थिक लाभ समेत लिएको र भिडियो बाहिर ल्याइदिने भन्दै धम्की दिने गरेको ब्यूरोले जनाएको छ ।
पीडित महिलाले दुःख हैरानी दिई ब्ल्याकमेल गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । तामाङलाई काठमाडौं जिल्ला अदालतबाट सात (७) दिनको म्याद थप गरी हिरासतमा राखिएको छ । प्रहरीले यस घटनाका सम्बन्धमा थप विस्तृत अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ ।