काठमाडौं । प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर एनर्जी नेपालले जनकपुरमा नयाँ ‘एथर एक्सपीरेन्स सेन्टर’ सञ्चालनमा ल्याएको छ । यससँगै कम्पनीले नेपालमा विद्युतीय सवारीसाधनको विस्तारलाई थप गति दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
जनकपुरको मिल्स एरियामा अवस्थित उक्त एक्सपीरेन्स सेन्टर सोमबार नितिन ट्रेड लिंकको व्यवस्थापनमा औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
नयाँ एक्सपीरेन्स सेन्टर सञ्चालनसँगै एथरका देशभर १० वटा शाखा पुगेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा ५ वटा तथा पोखरा, चितवन, इटहरी, बुटवल र जनकपुरमा शाखा विस्तार गरिएको कम्पनीले जनाएको छ । साथै बिक्रीपछिको सेवा सुदृढ बनाउन देशभर ९ वटा आधिकारिक सर्भिस सेन्टर पनि सञ्चालनमा रहेका छन् ।

कम्पनीले दुईपाङ्ग्रे विद्युतीय सवारी क्षेत्रमा ८ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टीसमेत उपलब्ध गराउँदै आएको छ ।
नयाँ एक्सपीरेन्स सेन्टरमा एथरका विभिन्न मोडेलहरू प्रदर्शनमा राखिएका छन्। जसमा प्रदर्शनमुखी एथर ४५० सिरिज तथा परिवारमुखी एथर रिज्टा समावेश छन् । यी स्कुटरहरू उच्च प्रविधि, उत्कृष्ट प्रदर्शन र आधुनिक डिजाइनका लागि परिचित रहेका छन् ।
एथर ४५० सिरिज विशेषगरी उच्च प्रदर्शन, आधुनिक प्रविधि र स्मार्ट फिचर खोज्ने ग्राहकलाई लक्षित गरी डिजाइन गरिएको हो । यसमा शक्तिशाली एक्सेलेरेशन, नेभिगेसन सिस्टम, डिजिटल डिस्प्ले तथा विभिन्न स्मार्ट राइडिङ मोडजस्ता सुविधाहरू समावेश छन् ।
कम्पनीले नयाँ शाखामार्फत जनकपुर तथा आसपासका क्षेत्रका ग्राहकलाई विद्युतीय सवारीको आधुनिक अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।