जेफ्री एपस्टीनको सुसाइड नोट सार्वजनिक

काठमाडौं । जेफ्री एपस्टीनले लेखेको भनिएको एउटा ‘सुसाइड नोट’ सार्वजनिक भएको छ ।

एपस्टीनका जेलका साथीको एउटा फौजदारी मुद्दाको हिस्साका रूपमा वर्षौंसम्म गोप्य राखिएको उक्त नोट हालै एक संघीय न्यायाधीशले सार्वजनिक गरेको ‘द न्युयोर्क टाइम्स’ ले जनाएको छ ।

नोटमा लेखिएको थियो, ‘उनीहरूले महिनाैंसम्म ममाथि अनुसन्धान गरे तर केही फेला पारेनन् !!! बिदा माग्नका लागि आफ्नै समय रोज्न पाउनु एउटा अवसर हो । तिमीहरू मबाट के चाहन्छौ ? म डाँको छोडेर रोऊँ ? रमाइलो छैन । यसको कुनै अर्थ छैन ।’

Judge releases purported Jeffrey Epstein suicide note | CNN Politics

एपस्टीनका सेलमेट (कोठाका साथी) निकोलस टार्टाग्लियोनको मुद्दा हेरिरहेका न्यायाधीशले बुधबार यसलाई सार्वजनिक गरेका हुन् ।

टार्टाग्लियोनका अनुसार सन् २०१९ जुलाईमा एपस्टीन अचेत अवस्थामा फेला पर्दा उनले सो नोट फेला पारेका थिए । 

एपस्टीन सो घटनामा बाँचे पनि त्यसको केही हप्तापछि नै तल्लो म्यानहटनस्थित हाल बन्द भइसकेको ‘मेट्रोपोलिटन करेक्सनल सेन्टर’ मा मृत फेला परेका थिए । मृत्युको समयमा उनी ६६ वर्षका थिए ।

‘द न्युयोर्क टाइम्स ले गत हप्ता अदालतमा निवेदन दिँदै उक्त कागजात सार्वजनिक गर्न आग्रह गरेको थियो र टार्टाग्लियोनले वर्णन गरेअनुसार सो पत्रको विवरण समेटिएको रिपोर्ट प्रकाशित गरेको थियो ।

यद्यपि न्याय विभागले एपस्टीनसँग सम्बन्धित धेरै फाइलहरू सार्वजनिक गरिसकेको छ, तर यो नोट भने अहिलेसम्म सार्वजनिक गरिएको थिएन ।

टाइम्सले एपस्टीनका फाइलहरू खोजी गर्दा उक्त सुसाइड नोटको कुनै प्रतिलिपि फेला पार्न सकेको थिएन । तर, सो नोट कसरी टार्टाग्लियोनको जटिल कानुनी मुद्दामा जेलियो भन्ने वर्णन गरिएको दुई पानाको एउटा रहस्यमय विवरण भने फेला पारेको थियो ।

उक्त विवरणमा टार्टाग्लियोनका वकिलहरूले नोटको आधिकारिकता पुष्टि गरेको उल्लेख छ, तर उनीहरूले त्यो कसरी गरे भन्ने विषय खुलाएका छैनन् ।

Share News