कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक आइतबार (आज) वैशाख २१ गते दिउँसो १ बजे ललितपुर स्थित बीपी स्मृति भवनमा बस्ने तय गरिएको छ ।

कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि निर्देशनअनुसार अनुरोध गरिएको दुलालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

Share News