काठमाडौं । राइड सेयरिङ प्लेटफर्म इनड्राइले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर’ क्याम्पेन सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार उक्त क्याम्पेनमार्फत प्रयोगकर्ताले इनड्राइ एपबाट राइड बुक गर्दा आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । नयाँ वर्षको समयमा परिवार र साथीभाइसँग भेटघाटका लागि यात्रा गर्नेको संख्या बढ्ने भएकाले प्रत्येक यात्रालाई थप रमाइलो र लाभदायक बनाउने उद्देश्यले क्याम्पेन ल्याइएको कम्पनीले जनाएको छ ।
यो क्याम्पेन २०२६ अप्रिल १४ देखि मे ४ सम्म सञ्चालन हुनेछ । क्याम्पेनअन्तर्गत प्रत्येक एक राइड बराबर एक लक्की–ड्र टिकट प्रदान गरिनेछ, जसअनुसार जति धेरै राइड गरियो उति धेरै जित्ने अवसर प्राप्त हुनेछ ।
मेगा गिभअवेमा सहभागी हुन राइड सम्पन्न भएपछि प्रयोगकर्ताले खल्ती एपमार्फत प्रयोगकर्ता खल्तीबाट ड्राइभर खल्तीमा कम्तीमा दुई वटा कारोबार गर्नुपर्ने व्यवस्था गरिएको छ ।
कम्पनीका अनुसार क्याम्पेनअन्तर्गत १० जनाले अनर एक्स ७ डी स्मार्टफोन जित्न सक्नेछन् । साथै १ हजार जनाले १५ प्रतिशत क्यासब्याक (अधिकतम ५० रुपैयाँ), १ हजार जनाले २०० रुपैयाँ क्यासब्याकसहित एयरलाइन प्रोमो कोड तथा १०० जनाले खल्ती प्रोमा अपग्रेड हुने अवसर पाउनेछन् ।
इनड्राइ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रीता पोखरेलले प्रयोगकर्तालाई चालक छनोट गर्ने स्वतन्त्रता र उचित भाडा तय गर्ने अवसर प्रदान गर्दै आएको उल्लेख गर्दै क्याम्पेनमार्फत ग्राहकप्रति आभार व्यक्त गर्न खोजिएको बताइन् ।
त्यस्तै, खल्तीका चिफ ग्रोथ अफिसर सञ्जीव चन्द्र न्यौपानेले इनड्राइसँगको सहकार्यले डिजिटल भुक्तानीलाई दैनिक यात्रासँग जोड्दै यात्रालाई थप सहज र सुरक्षित बनाउने विश्वास व्यक्त गरे ।
यो क्याम्पेन नेपालभरका सबै प्रयोगकर्ताका लागि खुला रहेको छ । लक्की–ड्र हरेक हप्ता गरिने र विजेताको नाम इनड्राइका आधिकारिक फेसबुक, इन्स्टाग्राम तथा टिकटक पेजमार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।