काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा डिशहोम इन्टरनेटले ग्राहकका लागि आकर्षक ‘नयाँ वर्षको नयाँ अफर’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत वार्षिक इन्टरनेट जडान गर्ने ग्राहकले २ महिना अतिरिक्त बोनस पाउनेछन् ।
कम्पनीका अनुसार उक्त अफरअन्तर्गत २००, ३००, ६०० र १००० एमबीपीएस का उच्च गतिको इन्टरनेट प्याकेजमा नयाँ वार्षिक कनेक्सन लिने ग्राहकलाई अतिरिक्त सेवा अवधि प्रदान गरिनेछ । यसले प्रयोगकर्तालाई थप समयसम्म निरन्तर उच्च गुणस्तरको इन्टरनेट सेवा उपयोग गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
डिशहोम इन्टरनेटले बढ्दो डिजिटल आवश्यकतालाई मध्यनजर गर्दै ग्राहकलाई सुलभ, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले योजना ल्याएको जनाएको छ ।
कम्पनीका अनुसार यो अफर नयाँ वार्षिक इन्टरनेट जडानमा मात्र लागू हुनेछ र सीमित अवधिका लागि उपलब्ध रहनेछ ।
डिशहोम इन्टरनेट नेपालका प्रमुख इन्टरनेट सेवा प्रदायकमध्ये एक हो, जसले छिटो, भरपर्दो तथा ग्राहकमैत्री सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीले नयाँ वर्षको विशेष योजनासँगै ग्राहकलाई थप मूल्य र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।
नयाँ जडानका लागि ग्राहकले नजिकको डिशहोम डिलर वा कम्पनीको सम्पर्क नम्बरमार्फत जानकारी लिन सक्नेछन् ।