यी हुन् सेबोनले आईपीओको पाइपलाइनबाट हटाएका १४ कम्पनी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विभिन्न १४ कम्पनीलाई सेयर निष्काशनको अनुमतिका लागि पुनः आवेदन दिन पत्राचार गरेको छ । ९० रुपैयाँ भन्दा कम नेटवर्थ रहेका कम्पनीलाई धितोपत्र बोर्डले पुनः निवेदन दिनुपर्ने भन्दै पत्राचार गरेको हो । 

एपेक्स हस्पिटालिटी, अर्किड होल्डिंग्स, अन्नपूर्ण केबल कार, ठमेल प्लाजा होटल एण्ड सुइट्स, रिचेत जलविधुत कम्पनी, बेनी जलविद्युत परियोजना, लाफिङ बुद्ध पावर नेपाल, युनिक हाइडेल कम्पनी, पुवा खोला–वान हाइड्रोपावर, एकर्ड फार्मास्युटिकल्स, सोपन फार्मास्युटिकल्स, कान्तिपुर टेलिभिजन नेटवर्क, प्रभु हेलिकप्टरलाई पुनः आवेदन दिन पत्राचार गरेको हो । 

यी कम्पनी पुनः मूल्याङ्कन नगरी रियल नेटवर्थ ९० भन्दा कम नेटवर्थ रहेको बोर्डले जनाएको छ । साथै, सानिमा हाइड्रोपावरलाई विद्युत उत्पादनको अनुमतिको बाँकी अवधि करिब १२ वर्ष भएको तथा विद्युत खरिद बिक्री सम्झौताको समाप्त हुने अवधि ५ वर्षभन्दा कम भएकाले निवेदन फिर्ता गराएको हो । null
 

Share News