पाइपलाइनमा रहेका १४ कम्पनीको आईपीओ अस्वीकृत, नेटवर्थ ९० रुपैयाँभन्दा कम हुनु मुल कारण

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सर्वसाधारण सेयर (आईपीओ) निश्कासनका लागि पाइपलाइनमा रहेका १४ वटा कम्पनीको प्रस्ताव फिर्ता पठाएको छ । सेबोनले ९० रुपैयाँ नेटवर्थ नपुगेको भन्दै १४ वटा कम्पनीको प्रस्ताव फिर्ता पठाएर पुनः निवेदन दिन निर्देशन दिएको हो । जसमा ६ वटा हाइड्रोपावर कम्पनी रहेका छन् । 

सेबोनका अनुसार प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ नपुगेका कम्पनीलाई पाइपलाइनबाटै हटाइएको हो । ती कम्पनीलाई पुनः निवेदन दिन निर्देशन दिइएको हो । 
 
सेबोनका अनुसार प्रभु हेलिकप्टर, कान्तिपुर टेलिभिजन, एकर्ड फर्मा, अन्नपूर्ण केबुलकार, सानिमा हाइड्रोपावर, रिचेक जलविद्युत, लाफिङ बुद्ध, पुवा खोला जलविद्युत र बेनी हाइड्रोपावर लगायतलाई पुनः निवेदन गर्न निर्देशन गरेको हो । 

२०८१ जेठमा लेखा समितिले प्रतिसेयर ९० रूपैयाँ नेटवर्थभन्दा कम भएका कम्पनीको सेयर जारी गर्न रोक्का गरेको थियो । तर, ती कम्पनीले भने नेटवर्थ सम्बन्धि कुनै कानूनी व्यवस्था नै रहेको अवस्थामा सेबोनले यस्तो निर्देशन दिएको गुनासो गरेका छन् । 

Share News