काठमाडौं । काठमाडौंको चन्द्रागिरी केबलकारले महाशिवरात्रिको अवसरमा बुधबार सबै भक्तजनहरुलाई केवलकारमा छुट दिने भएको छ । महाशिवरात्रिको दिन साँझ ४ बजेपछि चन्द्रागिरीको केबलकारमा ५० प्रतिशत छुट हुने भएको हो ।
महाशिवरात्रीमा चन्द्रागिरीमा अवस्थित भालेश्वोर महादेवको महिमालाई जोड्दै विशेष भक्तिमय उत्सव आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।
महाशिवरात्रिको पुरै दिन भालेश्वर मन्दिर परिसरमा विशेष भक्तिमय भजन कार्यक्रम समेत संचालन हुनेछ । साथै साँझ ५ बजेपछि विशेष महाआरती हुने छ ।
चन्द्रागिरी हिल्सले महाआरतीलाई लक्षित गर्दै साँझ ४ बजेदेखि ९ बजेसम्मको केबलकार टिकटमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।