प्रभु बैंकका ग्राहकलाई समाज डेन्टलमा छुट

<p>काठमाडौं । प्रभु बैंकका ग्राहक र कर्मचारीहरुलाई बानेश्वरस्थित समाज डेन्टल हस्पिटलका सेवामा विशेष छुट दिइने भएको छ । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहक साथै उनीहरुका परिवारलाई हस्पिटलले दन्त स्वास्थ्य सेवामा छुट दिनेछ । समाज डेण्टल हस्पिटलका सबै शाखाहरुमा प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले क्रमशः १५ प्रतिशत र [&hellip;]</p>

काठमाडौं । प्रभु बैंकका ग्राहक र कर्मचारीहरुलाई बानेश्वरस्थित समाज डेन्टल हस्पिटलका सेवामा विशेष छुट दिइने भएको छ ।

बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहक साथै उनीहरुका परिवारलाई हस्पिटलले दन्त स्वास्थ्य सेवामा छुट दिनेछ ।

समाज डेण्टल हस्पिटलका सबै शाखाहरुमा प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले क्रमशः १५ प्रतिशत र १० प्रतिशत छुट दिइने भएको हो । समाज डेण्टल हस्पिटलका निर्देशक श्रेया पाँडे र प्रभु बैंकका बागमती प्रदेश प्रमुख सुदेश कुमार देवकोटाले सम्झौतामा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

Share News