काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले साउन ३२ गते १२औं वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तको सञ्चालक समितिको साउन १० गते बसेको बैठकले साउन ३२ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
लघुवित्तको साधारण सभा साधारण सभा प्रयोजनका लगि साउन २४ गते बिहीबार बुक क्लोज गर्न निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा सोभन्दा अघिल्लो दिनसम्म कारोबार गरी कायम सेयरधनीहरूले साधारण सभामा सहभागी हुन पाउने छन् ।
लघुवित्तको सभाले चुक्ता पूँजी ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाँको १४.०५ प्रतिशत अर्थात् १२ करोड ८२ लाख १० हजार ८५३.७२ रुपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बोनस सेयर प्राप्त गर्ने सेयरधनीहरुले लाभांश कर बापत नियमानुसारको रकम भुक्तानी गर्नुपर्ने लघुवित्तले जनाएको छ ।