निफ्राबाट बाहिरिँदै एनआईसी एशिया बैंक

<p>काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)बाट एनआईसी एशिया बैंक बाहिरिने भएको छ । एनआईसी एशिया बैंकले निफ्रामा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिने भएको हो । एनआईसी एशियाले निफ्रामा रहेको आफ्नो स्वामित्वको १० लाख कित्ता संस्थापक सेयर आज साउन ८ गतेदेखि बिक्रीमा राखेको हो । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले साउन १५ गतेसम्म [&hellip;]</p>

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)बाट एनआईसी एशिया बैंक बाहिरिने भएको छ । एनआईसी एशिया बैंकले निफ्रामा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिने भएको हो ।

एनआईसी एशियाले निफ्रामा रहेको आफ्नो स्वामित्वको १० लाख कित्ता संस्थापक सेयर आज साउन ८ गतेदेखि बिक्रीमा राखेको हो । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

उक्त संस्थापक सेयरको मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकेको छ । बैंकको उक्त सेयरमा न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

Share News