कुमारी बैंकको ८८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

<p>काठमाडौं । कुमारी बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको ८८ हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर बैंकका कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुक शेयरधनीले आजका मितिले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल, [&hellip;]</p>

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ ।

बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको ८८ हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर बैंकका कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

सेयर खरिद गर्न इच्छुक शेयरधनीले आजका मितिले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौं या बैंकको प्रधान कार्यालय काठमाडौं टंगालमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

सेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बताइएको छ ।

साथै, तोकिएको म्यादभित्र खरिद आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्तिलाई बिक्री गरिने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ ।

Share News