ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

<p>काठमाडौं । ज्योति विकास बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । हाललाई उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । यद्यपि, बैंकले बिक्रीमा राखिएको सेयर संख्या भने खुलाएको छैन । इच्छुक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र काठमाडौं कमलपोखरीमा रहेको बैंकको प्रधान कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर विवरण [&hellip;]</p>

काठमाडौं । ज्योति विकास बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ ।

हाललाई उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । यद्यपि, बैंकले बिक्रीमा राखिएको सेयर संख्या भने खुलाएको छैन ।

इच्छुक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र काठमाडौं कमलपोखरीमा रहेको बैंकको प्रधान कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिन सक्ने छन् ।

तोकिएको समयभित्र खरिद निवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Share News