डिम्याट खाताको वार्षिक नवीकरण शुल्क बुझाउन कुमारी क्यापिटको आग्रह

<p>काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले हितग्राही (डम्याट) खाताको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले कुमारी क्यापिटल र कुमारी बैंक (साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंक) का शाखा कार्यालयहरूमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो । हितग्राही खातावालाहरूले असार मसान्तभित्र वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका [&hellip;]</p>

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले हितग्राही (डम्याट) खाताको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ ।

कम्पनीले कुमारी क्यापिटल र कुमारी बैंक (साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंक) का शाखा कार्यालयहरूमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

हितग्राही खातावालाहरूले असार मसान्तभित्र वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने कम्पनीले जनाएको छ ।

खातावालाहरूले कुमारी क्यापिटल तथा कुमारी बैंकका शाखा कार्यालमार्फत शुल्क बुझाउन सक्नेछन् । यस्तै ई–सेवा,केबीएल मोबाइ ल एप,आइएमई पे,प्रभु पे,खल्ती,कनेक्ट आईपीएस र फण्ड ट्रान्सफरमार्फत पनि शुल्क बुझाउन सकिने कम्पनीले जनाएको छ ।

वार्षिक शुल्क भुक्तानी नगरेका हितग्राहीहरुको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि फ्रिज गरिने र मेरो सेयर समेत निष्क्रिय गरिने कम्पनीले जनाएको छ ।

यस्तै, ९९९ रुपैयाँमा आजीवन हितग्राही खाता नवीकरण गर्न सकिने कम्पनीको भनाइ छ ।

Share News