नेशनल फण्ड म्यानेजमेन्टको हकप्रद सेयर बिक्री खुला

<p>काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले बुधबारदेखि ५० प्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले मंगलबार एक सूचना जारी गर्दै चुक्ता पुँजी ५४ करोड रुपैयाँको ५० प्रतिशत अर्थात् २७ करोड रुपैयाँको २ः१ अनुपातमा प्रतिकित्ता ५० रुपैयाँ हकप्रद बिक्री खुला गर्न लागेको जनाएको हो । कम्पनीको जेठ २५ गते बसेको विशेष [&hellip;]</p>

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले बुधबारदेखि ५० प्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले मंगलबार एक सूचना जारी गर्दै चुक्ता पुँजी ५४ करोड रुपैयाँको ५० प्रतिशत अर्थात् २७ करोड रुपैयाँको २ः१ अनुपातमा प्रतिकित्ता ५० रुपैयाँ हकप्रद बिक्री खुला गर्न लागेको जनाएको हो ।

कम्पनीको जेठ २५ गते बसेको विशेष साधारण सभाले हालको चुँक्ता पुजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

यस सेयरमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ ।

Share News