कुमारी बैंकको संस्थापक सेयर सर्वसाधारणले किन्न पाउने

<p>काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३ हजार २११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ । उक्त सेयर आम सर्वसाधारण, कम्पनी तथा संस्थाले खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सूचना प्रकाशित [&hellip;]</p>

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३ हजार २११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ । उक्त सेयर आम सर्वसाधारण, कम्पनी तथा संस्थाले खरिद गर्न पाउनेछन् ।

सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्ने छ ।

Share News