नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

<p>काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा ल्याएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै कोषको ५० हजार कित्ता सेयर लिलामीमा राखेको जानकारी दिएको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७३९ रुपैयाँ निर्धारण गरिएको छ । इच्छुक लगानीकर्ताले आगामी असार १८ गतेसम्म गोप्य [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा ल्याएको छ ।
बैंकले मंगलबार एक सूचना जारी गर्दै कोषको ५० हजार कित्ता सेयर लिलामीमा राखेको जानकारी दिएको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७३९ रुपैयाँ निर्धारण गरिएको छ । इच्छुक लगानीकर्ताले आगामी असार १८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नु सक्नेछन् । सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।

सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

बोलपत्र आवेदन काठमाडौं बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ ।

Share News