काठमाडौं । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको सेयर कारोबार रोक्का भएको छ ।
दुबै कम्पनी एकापसमा गाभ्ने/गाभिने गरी राष्ट्र बैंकबाट स्वीकृति पाएपछि मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडका नाममा असार २७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएसँगै निर्देशिकामा व्यवस्था भएअनुसार कारोबार रोक्का गर्न लागेका हुन् ।
नेपाल राष्ट्र बैंकले दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो ।
बुटवलमा रजिष्टर्ड कार्यालय रहेको जाल्पाको हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ । यस्तै, कैलालीको लम्बीचुहामा रजिष्टर्ड कार्यालय रहेको किसान लघुवित्तको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ छ ।