काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६१ हजार ८०५ कित्ता सेयर बिक्रीमा राखेको छ ।
बैंकले सोमबार एक सूचना प्रकाशित गरी प्रतिकित्ता न्यूनतम मूल्य ३०८ रुपैयाँमा उक्त सेयर बिक्रीमा राखिएको जानकारी दिएको छ ।
यो सेयर संस्थापक सेयरधनी, सर्वसाधारण, कम्पनी, तथा संघसंस्थाहरूले किन्न पाउनेछन् । सेयर खरिदको लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ ।
उक्त सेयर खरिद गर्न चाहनेले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल वा एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा आवेदन दिनु सक्नेछन् ।
आवेदन असार १० देखि १७ गतेभित्र कार्यालय समयसम्म दिन सकिनेछ ।