काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
हाल संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने यो सेयर न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकिएको छ । उक्त सेयर किन्न चाहने सेयरधनीले ३५ दिनभित्र काठमाडौं टेकुस्थित कम्पनीको सेयर रजिष्ट्रार आरबीबी मर्चेण्ट बैंकिङ लिमिटेडमा खरीद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनु सक्नेछन् ।
तोकिएको समयभित्र उक्त सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।