रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने

<p>काठमाडौं । रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि सेयरधनीहरूलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनी सचिव युज कुमार भैलले बताए । कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । उक्त बैठकले गत आवको वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि नियामक [&hellip;]</p>

काठमाडौं । रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि सेयरधनीहरूलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनी सचिव युज कुमार भैलले बताए । कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।

उक्त बैठकले गत आवको वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने पनि निर्णय गरेको छ ।

संस्थाको चुक्ता पुँजी हाल १ अर्ब १२ करोड १४ लाख ५१ हजार ७३० रुपैयाँ रहेको छ ।

Share News